बिप्लब नेतृत्वको नेकपाले त्याग्यो हिंसात्मक गतिबिधि, सरकारसँग ३ बुँदे सहमति

Advertisement

काठमाडौँ । सरकार र नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच ३ बुँदे सहमति भएको छ । 

गृहमन्त्री तथा सरकारी वार्ताटोली प्रमुख रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता तथा वार्ता टोली प्रमुख प्रकाण्डबीच आज सहमति पत्रमा हस्ताक्षर भएको हो ।
 
नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, राजनीतिक गतिबिधि शान्तिपूर्ण रुपमा गर्ने र नेकपा माथि सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई गर्ने र मुद्दा खारेजी गर्ने सहमति पत्रमा उल्लेख छ ।  

Advertisement

 
 

Advertisement

Advertisement