लाभांश पारित गर्न टेलिकमको साधारणसभा चैत १३ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । नेपाल  टेलिकमले चैत १३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १३ औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

टेलिकमले गत वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।  साथै, सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने एजेन्डा पनि छ । 

Advertisement

साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २७ गते महा शिवरात्री पर्व परेकाले सार्वजनिक बिदा हुँदै आएको छ । तसर्थ, फागुन २६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

Advertisement

Advertisement