सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन

Advertisement

काठमाडौं । नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्थाको मूल्य सकायोजन भएको छ ।  कम्पनीको ३.५ प्रतिशत बोनस शेयर पछिको मूल्य समाोजन भएको हो । 

समायोजन पछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९९६ रुपियाँ कायम भएको छ । यही मूल्यलाई आधार मानेर आइतबारबाट कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
 
कम्पनीले चैत ५ गते बस्ने साधारण सभाको लागि बिहीबार फागुन २० गते बुक क्लोज गरेको छ । जसअनुसार बुधबार फागुन १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।  

Advertisement

Advertisement