शेयर बजारमा देखियो चमक, १० कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाए

Advertisement

काठमाडौँ । दुई दिनदेखि भारी गिरावट आएको शेयर बजारमा आज भने चमक देखिएको छ । शेयर बजारमा देखिएको उतारचढाबका बीच साताको अन्तिम दिन भने बजार ह्वात्तै बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ९०.६७ अंकले बजार बढेको हो । ३.७५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५०६.६८ अंकमा पुगेको छ । आज २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३ सय १७ रुपियाँ बराबरको शेयर किनबेच भयो । 

Advertisement

आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ५७१.९५ अंकले बढेको हो । 

नेप्सेका अनुसार आज चन्द्रागिरि हिल्स, लिबर्टी इनर्जी र सूर्योदय लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ । त्यसैगरी किसान लघुवित्त ९.७९ प्रतिशत, इन्फिनिटी लघुवित्त ९.७१ प्रतिशत, हिमालयन पावर पार्टनर लिमिटेड ९.६७ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.४३ प्रतिशत, नेशनल हाइड्रो पावर ९.४०, निर्धन उत्थान लघुवित्त ९.२८ प्रतिशत र नेरुडे लघुवित्तको शेयरमूल्य ९.०४ प्रतिशतले बढेको छ । 

आज एनएमबि५० का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.४५ प्रतिशतले घाटा ब्यहोरेका छन् । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को उच्च कारोबार भएको छ । निफ्राको ५३ करोड २३ लाख ९० हजार ६ सय ७६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज निफ्राको शेयर मूल्य भने ८.६६ प्रतिशतले बढेको थियो । 

प्रतिनिधि सभा विघटन, प्रतिनिधि सभा पुनस्थापना जस्ता पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि शेयर बजारमा निराशा छाए पनि आज शेयर बजार ह्वात्तै उकालो आएको छ । संयोग नै मान्नु पर्छ सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमति भएको छ । 

Advertisement

Advertisement