सूर्य चिन्ह माग्दै फेरि प्रचण्ड–माधव समूह निर्वाचन आयोग पुग्यो

Advertisement

काठमाडौँ । सूर्य चिन्ह माग्दै नेकपा प्रचण्ड–माधव समूह फेरि निर्वाचन आयोग पुगेको छ । आयोगले आफूहरुलाई आधिकारिकता दिन ढिलाई गरेको भन्दै बुधबार केन्द्रिय कमिटि बैठकबाट असन्तुष्टि जनाएको उक्त समूह बिहीबार आयोग पुगेको हो । 

प्रचण्ड–माधव समूह यसअघि पनि पटक पटक आयोग पुगे पनि आयोगले कुनै पनि नेकपाको कुनै पनि समूहलाई आधिकारिता दिन मानेको छैन् । केन्द्रिय कमिटिले पुनः आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेअनुसार प्रचण्ड–माधव समूह आयोग पुगेको हो । 

Advertisement

आज आयोग पुग्नेमा उक्त समूहका नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत थिए । पार्टी विभाजित भइसके पनि आयोगले कुनै पनि पक्षलाई आधिकारिक मान्यता नदिँदा आइतबारबाट सुरु हुने संसद बैठकमा सत्तापक्षको लाइनमा बस्ने वा विपक्षीको ? भन्नेमा प्रचण्ड–माधव समूह अन्योलमा छ । 

Advertisement

Advertisement