मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)द्धारा आयोजित मेयर कप  पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने यस खेलमा तीन विभागीय टोली, एक वाग्मती टोली र काठमाडौं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

Advertisement

फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताको डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानको पनि डिशहोमले प्रत्यक्ष प्रसारण गरेको थियो । 

Advertisement

Advertisement