‘कर्पोरेटपे’को ५० दिन, ५० व्यवसाय, ५० करोडको कारोबार

Advertisement

काठमाडौं । आधिकारीक सुरुवातको ५०औं दिनमा आइपुग्दा ‘कर्पोरेटपे’ प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहक आबद्ध भई ५० करोडभन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ । बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायलगायत विभिन्न संस्थाहरुलाई सहजरुपमा डिजिटल भुक्तानी गर्नसक्ने गरी कर्पोरेटपे प्राणाली सञ्चालनमा ल्याइएको हो ।

यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक तथा वित्तिय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ । 

Advertisement

यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरेबमोजिम कनेक्टआईपीएसमार्फत् रियल टाइममा र एनसीएचएल–आईपीएसमार्फत नन–रियल–टाइममा गर्न सकिन्छ । साथै यस प्रणालीमा ग्राहकले एकभन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्नसक्ने व्यवस्था पनि रहेको छ ।  

कर्पोरेटपे प्रणालीे थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।  हाल २५ भन्दा बढी बैंक वित्तिय संस्थाहरुमार्फत् उक्त प्राणााली प्राप्त गर्न सकिन्छ र आफ्ना थप ग्राहकहरुलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन् । 

Advertisement

Advertisement