नवलपुरमा सार्वजनिक भए बिप्लव, आजै काठमाडौँमा प्रधानमन्त्री ओलीसहित एउटै मञ्चबाट सम्बोधन गर्ने

Advertisement

नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव सार्वजनिक हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उहाँ आज बिहान सार्वजनिक भएका हुन् । 

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा  थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् ।  सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरे । 

Advertisement

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उहाँ देवचुली नगरपालिकाको दलदलेमा आइपुगेका हुन् । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गरेका हुन् । 

आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा उनी सहभागी हुने छन् । रासस

Advertisement

Advertisement