विश्वकीर्तिमानी मन्त्रीलाई राष्ट्रपतिबाट सम्मान

Advertisement

काठमाडौं ।  गायन क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल मन्त्री रामवीर मानन्धरलाई राष्ट्रपति विद्या भण्डारीले सम्मान गरेकी छन्  । शहरी विकास राज्यमन्त्री रहेका उनलाई शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा सम्मान गरिएको हो । 

मानन्धरले चार घण्टा पाँच मिनेट २० सेकेन्डको एकल साँगीतिक प्रस्तुती दिएर विश्वकै पहिलो मन्त्री बन्न सफल भएका थिए । उक्त कार्यको मूल्याङ्कन गर्दै राष्ट्रपति  भण्डारीले बधाई दिइन् । 

Advertisement

शहरी विकास राज्यमन्त्रीसहित वल्र्ड बुक्स अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, ¥यापर निर्णय श्रेष्ठ, फोटोपत्रकार हरिगोपाल प्रधानलगायत सहभागी थिए । राष्ट्रपति भण्डारीले टोलीका सबै सदस्यलाई विश्व कीर्तिमान कायम गराउनको लागि खेलेको भूमिकाप्रति धन्यवादसहित सम्मान गरेकी थिइन् । 
 

Advertisement

Advertisement