सिटिजन्स बैंकका ग्राहकलाई एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट

Advertisement

काठमाडौँ । सिटिजन्स बैंक र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस बानेश्वरबीच बैंकका ग्राहकहरुलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकहरुले एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेसमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement