कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले २०७७ असार मसान्तसम्मको नाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर प्रस्ताव गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले जनाएका छन् । 

Advertisement

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने सीईओ अधिकारीले बताए । 

Advertisement

Advertisement