चार वित्तीय संस्थाको १ करोड ९० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा १ करोड ९० लाख ४९ हजार ७ सय ४२.५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । चार वित्तीय संस्थाको उक्त शेयर यो साता नेप्सेमा सूचीकृत भएको हो ।

यसैक्रममा गत सोमबार मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १८ प्रतिशत बोनस बापतको १४ लाख ७२ हजार ६ सय ३६.२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

Advertisement

त्यसैगरी गत मंगलबार एक वाणिज्य बैंक र एक विकास बैंकको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । नेपाल एसबीआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ६ प्रतिशत बोनस बापतको ५३ लाख ७३ हजार ७ सय २३.३३ कित्ता शेयर सूचीकृत भएको हो । 

मंगलबार नै तिनाउ मिसन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ६ प्रतिशत बोनस बापतको १० लाख ८७ हजार ८ सय ७६.३२ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यता प्रभु बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको १ करोड ३ लाख १५ हजार ५ सय ६.६४ कित्ता बोनस शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको छ । 

Advertisement

Advertisement