आफ्नै जिल्लामा प्रचण्ड–माधवका कार्यकर्ताले अर्थमन्त्रीको कार्यक्रममा ढुँगा हाने

Advertisement

बुटवल । आफ्नो गृह जिल्लामा भाग लिन आएका अर्थमन्त्री विष्णु पौडेल सहभागी कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले ढुँगा हान्दै नाराबाजी गरेपछि बिचैमा उनी छोडेर हिँडेका छन् । 

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यसा कार्यक्रममा  उनीहरुले विरोध जनाउँदै ढुँगा प्रहार र नाराबाजी गरेका हुन् । कडा सुरक्षाबीच उक्त औद्योगिक क्षेत्रको उद्घाटन गर्न पौडेलले भ्याए पनि भाषणा गर्न भने सकेनन् । 

Advertisement

कार्यक्रमस्थललाई लक्षित गर्दै ढुँगा प्रहार हुन थालेपछि भाषण गर्न सुरु गरेका बिष्णु पौडेल कार्यक्रमस्थल छोडेर हिँडेका थिए । पछि केपी ओली समूहका कार्यकर्ताले पनि ढुँगा हान्न थालेपछि स्थिति तनावपूर्ण भएको र केही घाइते भएका थिए । प्रहरीलाई दोहोरो ढुँगा हानाहान रोक्न धौधौ भएको थियो ।

Advertisement

Advertisement