सेयर बजारः एक साताले ६५ अर्ब रुपियाँले घट्यो बजार पुँजीकरण

Advertisement

काठमाडौं । यो साता शेयर बजारमा रू. ३२ अर्ब ४८ करोड १ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम रू. ६ अर्ब १२ करोड २४ लाख ६७ हजार कम भएको हो । गत साता रू. ३८ अर्ब ६० करोड २६ लाख २६ हजार बराबरको शेयर कारोबार भएको थियो ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धि र तरलता संकटको हल्लाका कारण यो साता बजार प्रभावित भएको जानकारहरु बताउँछन् । साताको कारोबारमा ६ करोड ८९ लाख ७७ हजार ४४६ कित्ता शेयर खरीदविक्री भएको छ । कारोबार रकमसँगै कारोबार शेयर कित्ता पनि यो साता २ करोड ७२ लाख ३९ हजार ४२४ कित्ता कम भएको छ । गत साता ९ करोड ६२ लाख १६ हजार ८७३ कित्ता शेयर कारोबार भएको थियो । 

Advertisement

साताको पाँच कारोबार दिनमा दुई दिन बजार बढेको छ भने तीन दिन घटेको छ । पहिलो कारोबार दिनमै ७९ दशमलव ७० अंकले घटेको बजार दोस्रो दिन ४० दशमलव ६४ अंकले बढेको थियो भने तेस्रो दिन ५९ दशमलव ७० र चौथो दिन ३९ दशमलव ३३ अंकले घटेको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ९० दशमलव ६७ अंकले बढेर बन्द भएको छ । समग्र बजार मापक नेप्से परिसूचक घटेको साता सूचीकृत कम्पनीहरुको शेयरमूल्य पनि रू। ६५ अर्ब ७४ करोड ४० लाख ४९ हजारले घटेको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement