ओली समूहको संसदीय दलको बैठक सम्पन्न, ११५ जना साँसद उपस्थित भएको दाबी

Advertisement

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरिएको छ । 

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका र्थिएको सो पार्टीका एक नेता खिमलाल देवकोटाले बताएका छन् । 

Advertisement

भोलि संसद् बैठक बस्दैछ । बैठकमा नेकपाका दुई समूहबीच मुठभेडको संभावनाले गर्दा सुरक्षा कडा पारिने जनाइएको छ । बैठकमा कसरी प्रस्तुत हुने ? भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । 

Advertisement

Advertisement