अप्रिलिया एसएक्सआर १६० स्कुटर नेपाली बजारमा भित्रियो, मूल्य कति ?

Advertisement

काठमाडौँ । अप्रिलिया एसएक्सआर १६० स्कुटर नेपाली बजारमा भित्रिएको छ । बीएस६ मापदण्डयुक्त सो नयाँ स्कुटरलाई अप्रिलियाको दुगड ब्रदर्स एन्ड सन्स(एम भि दुगड ग्रुप)ले आज एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । 

सो स्कुटरको बुकिङ नेपालमा समेत करिब डेढ महिना पहिले नै खुलिसके पनि आज भने सार्वजनिक गरिएको हो । स्कूटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपियाँ निर्धारण गरिएको छ । अप्रिलिया एसएक्सआर १६० ग्लसी रेड, म्याट ब्लु, ग्लसी ह्वाइट र म्याट ब्ल्याक कलरमा उपलब्ध छ ।

Advertisement

स्कुटर लन्च कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल तथा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र भाइस प्रेसिडेन्ट विजय महतोको उपस्थिति थियो ।

उक्त स्कूटर एफआई अर्थात फ्युल इन्जेक्सन र एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम छ भने यो बीएस६ मापदण्डमा आधारित इन्जिन सहितको छ । जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्छ । सो स्कुटरमा डिस्क ब्रेक र एडजस्टेबल रियर सस्पेन्सन पनि रहेको छ । साथै आरामदायक यात्राको लागि इर्गोनोमिक्स पनि रहेको छ ।

एरोडाइनामिक डिजाइन, फराकिला सुविधाजनक सिट, एलईडी प्रविधिसहितका क्रिस्टल हेडलाइट, एड्जस्टेबल मोनोसक एब्जर्बर आदि सुविधा भएको यो स्कुटरमा ७ लिटरको इन्धन ट्यांङ्की छ ।

Advertisement

Advertisement