ओरालो झर्यो शेयर बजारः होटल्स र जलविद्युतका लगानीकर्ता मालामाल, बाँकी समूह राताम्मे

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार २१.५८ अंकले घटेको हो । ०.८६ अंकले बजार घट्दा नेप्से परिसूचक २४८५.०९ अंकमा झरेको छ । 

२११ कम्पनीका १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ लाख ६६ हजार ४ सय ८० रुपियाँ बराबरको कारोबार भएको छ । आज होटल्स एण्ड टुरिजम समूह र जलविद्युत समूहमा भने हरियाली छाएको छ । होटल्स समूह ५०.१५ अंक र जलविद्यतु समूह १८.३४ अंकले बढेका हुन् । अरु समूह भने राताम्मे भए । सबैभन्दा बढी जीवन बीमा समूह ३०६.३२ अंकले घटेको हो । 

Advertisement

आज चन्द्रागिरि हिल्सको शेयर मूल्य सबैभन्दा बढी ९.९२ अंकले बढेको छ भने नेपाल हाइड्रो डेभलपर लिमिटेडको ९.८३ प्रतिशत र राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य ५.५२ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको ५ प्रतिशतले घटेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को उच्च कारोबार भएको छ । निफ्राको ४२ करोड ७८ लाख ४० हजार ९ सय २४ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । त्यसैगरी नेपाल बैंक लिमिटेडको ३९ करोड ६९ लाख ९३ हजार ७ सय ८२ रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

संयोग के परेको छ भने पुनस्थापित प्रतिनिधि सभाबाट बैठक डाकिएको र सत्तारुढ नेकपाबीचको आधिकारिकता विवाद भइरहेकै अवस्थामा आज शेयर बजार घटेको छ । 
 

Advertisement

Advertisement