संसद सचिवालयलाई प्रचण्ड–माधवको जानकारी– संसदीय दलको नेताबाट ओलीलाई हटाइयो

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले अवैध ठहर्याएको नेकपाको प्रचण्ड–माधव समूहले आफ्नो पार्टीको संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएको जानकारी संसद सचिवालयलाई दिएको छ । 

निर्वाचन आयोगले उक्त नेकपाको विभाजनलाई वैधानिकता नदिए पनि प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको जानकारी संसद सचिवालयलाई दिएको हो । 

Advertisement

उक्त समूहले सचिवालयमा बुझाएको सुचनामा ११२ जना साँसदको हस्ताक्षर रहेको दाबी गरिएको छ । आइतबार संसद सचिवालय  पुगेर पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताले सुचना दर्ता गरेका हुन् । 

Advertisement

Advertisement