सात महिनामा बाणिज्य बैंकहरुले कमाए झण्डै ३६ अर्ब रुपियाँ, कुन बैंकको कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा (माघ मसान्तसम्म) २७ वटा बाणिज्य बैंकहरुले ३५ अर्ब ९५ करोड रुपियाँभन्दा बढि नाफा आर्जन गरेका छन् । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको यो नाफा गत महिनाको भन्दा पाँच अर्ब रुपियाँ धेरै हो । पुस मसान्तसम्म बैंकहरुको नाफा ३० अर्ब ९५ करोड रुपियाँ भन्दा धेरै नाफा आर्जन गरेका थिए । 

Advertisement

सबै भन्दा धेरै नाफा कमाउने कुन ?
यस अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउने बाणिज्य बैंकमा ग्लोबल आइएमई रहेको छ । यो बैंकले दुई अर्ब ७० करोड रुपियाँ नाफा कमाएको छ । अघिल्लो महिनामा पनि ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउनेमा थियो । 

यस्तै, सबैभन्दा धेरै नाफा आर्जन गर्ने दोस्रो बैंकमा नबिल छ । यस अवधिसम्म नबिल बैंकले दुई अर्ब ३८ करोड रुपियाँ नाफा कमाएको छ । 

अन्य २५ बैंकहरुको नाफा ?

-    प्राईम कमर्सीयल बैंकले चालु आर्थिक वर्षको सातौं महिनासम्म आइपुग्दा दुई अर्ब १२ करोड रुपियाँ नाफा कमाएको छ । 

-    नेपाल इन्भेष्टमेन्ट बैंकले यस अवधिसम्म दुई अर्ब १२ करोड रुपियाँ नाफा कमाएको छ । 

-    राष्ट्रिय बाणिज्य बैंकले चालु आवको सातौं महिनासम्म एक अर्ब ९७ करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    एनएमबी बैंकले चालु आर्थिक वर्षको यस अववधिसम्म एक अर्ब ९६ करोड रुपियाँ नाफा आर्जर गरेको छ ।

-    एनआईसी एसीया बैंकले यस अवधिसम्म एक अर्ब ८४ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।

-    प्रभु बैंकले चालु आर्थिक वर्षको सातौं महिनासम्म एक करोड ७० करोड रुपियाँ नाफा आर्ज गरेको छ । 

-    नेपाल बैंकले चालु आर्थि वर्षको माघ मसान्तसम्म एक करोड ५८ लाख रुपियाँ नाफा आर्जन गरेको छ । 

-    कृषि विकास बैंकले यस अवधिसम्म एक अर्ब ५२ करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    मेगा बैंकले यस अवधिसम्म एक अर्ब ५० करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    कुमारी बैंकले चालु आर्थिक वर्षको सातौं महिनासम्म एक अर्ब  करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    सानिमा बैंकले यस अवधिसम्म एक अर्ब २७ करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    सिद्धार्थ बैंकले माघ मसान्तसम्ममा एक अर्ब २७ लाख रुपियाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 

-    एभरेष्ट बैंकले यस अवधिसम्म एक अर्ब १३ करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    सनराईनज बैंकले यस अवधिसम्म एक अर्ब नौं करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

-    सिटिजन्स बैंकले यस अवधिसम्म ९८ करोड छ लाख रुपियाँ नाफा आर्जन गरेको छ । 

-    लक्ष्मी बैंकले चालुक आर्थिक वर्षको सातौं महिनासम्म ८९ करोड सात लाख रुपियाँ नाफा आर्जन गरेको छ । 

-    माछापुच्छ्र बैंकले यस अवधिसम्म ८९ करोड रुपियाँ नाफा कमाएको छ । 

-    नेपाल बङ्लादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८६ करोड सात रुपियाँ नाफा कमाएको छ । 

-    बैंक अफ काठमाडौंले माघ मसान्तसम्म ८२ करोड दुई लाख रुपियाँ नाफा आर्जन गरेको छ । 

-    स्टान्डर्ड चार्टर्ड बैंकले यस अवधिसम्म ८२ करोड एक लाख रुपियाँ नाफा कमाएको छ । 

-    हिमालयन बैंकले यस अवधिसम्म ७४ करोड एक लाख रुपियाँ नाफा कमाएको छ । 

-    एनसीसी बैंकले चालु आर्थि वर्षको सातौं महिनासम्म ७२ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।

-    नेपाल एसबीआई बैंकले माघ मसान्तसम्म ६२ करोड आठ लाख रुपियाँ नाफा कमाएको छ । 

-    सेन्चुरी बैंकले यस अवधिसम्म ५८ करोड तिन लाख रुपियाँ नाफा आर्जन गरको छ । 

-    सिभिल बैंकले यस अवधिसम्म २८ करोड दुई लाख रुपियाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

Advertisement

Advertisement