त्रिनगर कृषि हाटबजार धनगढीमा सनराइज बैंकको क्युआर सेवा

Advertisement

काठमाडौँ । सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । 

उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वड, बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाही, त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिति धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बिक र शाखा प्रबन्धक धर्मकुमार बिष्ट र बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।  

Advertisement

बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो ।

बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए । 

साथै त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथा फलफूूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स–साना कारोबारमा समेत डिजिटल बैंकिङ  मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए । 

Advertisement

Advertisement