सोमबार पनि बढ्यो सुन-चाँदीको मूल्य

Advertisement

काठमाडौं । सुन-चाँदीको मूल्य सोमबार पनि बढेको छ ।  आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले बढेर ८६ हजार दुई सय रुपियाँ कायम  भएको छ । आइतबार यसको मूल्य प्रतितोला ८६ हजार एक सय रुपियाँ थियो । 

नेपाल सुन-चाँदी व्यवसायी महासंघको अनुसारका तेजावी सुनको मूल्य पनि आइतबारको तुलनामा सोमबार प्रतितोला एक सयले नै बढेर ८५ हजार ७५० रुपियाँ कायम भएको छ । आइतबार यसको मूल्य ८५ हजार ६५० रुपियाँ थियो । 

Advertisement

आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार तोलामा १५ रुपियाँले बढेर एक हजार २६५ रुपियाँ पुगेको महासंघले जनाएको छ । आइतबार यसको मूल्य प्रतितोला एक हजार २५० रुपियाँ थियो । 
 

Advertisement

Advertisement