कहाँ गयो फेवातालको हजारौं रोपनी जग्गा ?

Advertisement

पोखरा । तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ मा प्रतिवेदन बुझाउँदा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो । आयोगको नेतृत्व गरेका थिए विश्वप्रकाश लामिछानेले ।  

तर पूण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले हालै प्रतिवेदन बुझाउँदा फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम ग¥यो । अहिलेको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेभन्दा १ हजार ६ सय ९ रोपनी कम हो ।

Advertisement

फेवातालको अघिल्लो प्रतिवेदनमा बढी देखिएको १ हजार ६ सय ९ रोपनी जमिन अहिले कहाँ गयो ? अहिले यसको खोजी भइरहेको छ । नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेलीले यसको जवाफ मागिरहेका छन् ।

जवाफमा फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले लामिछाने प्रतिवेदनको सिमाङ्कन र अहिलेको सिमाङ्कनको तरिका एकै भएको दाबी गर्छन् । तत्कालिन संयोजक लामिछाने पनि स्वीकार्छन् । त्यसो भए किन फरक प¥यो त दुई प्रतिवेदनले निकालेको क्षेत्रफल ?

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement