राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम र बमबहादुर, दुवै ओलीको गाउँतिरका

Advertisement

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ। दुवै प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगाना र मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो। डेपुटि गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ।

Advertisement

डेपुटी गभर्नरका लागि राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशकहरुमध्ये अधिकांश दौडमा रहे पनि मिश्र र ढुँगानाले बाजी मारेका हुन् । दुवैले अधिकृत तृतीय पदबाट सेवा सुरु गरेका हुन्।

ढुँगाना एमालेनिकटको पहिलदेखि चिनिदै आएकी थिइन् । एक मात्रै महिला उम्मेदवार भएकोले र प्रधानमन्त्रीको क्षेत्रको भएकोले पनि उनलाई डेपुटी गभर्नर हुन सहज भएको छ । ढुँगानालाई यसअघि नै डेपुटी गभर्नरको प्रखर दाबेदारको रुपमा हेरिएको थियो । 

बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका भए पनि राजनीतिरुपमा त्यति खुलेका व्यक्ति थिएनन् । तर, उनले यस पटक भने आफ्नो प्रभाव देखाउन सफल भएका छन् । 

Advertisement

Advertisement