खिम्तीको स्वामित्व हस्तान्तरणमा थप ढिलाई, फेरि म्याद छ महिना थपियो

Advertisement

काठमाडौं । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न फेरि म्याद थपिएको छ । गएको असारमै भइसक्नुपर्ने स्वामित्व हस्तान्तरण विभिन्न समस्या देखाउँदै ढिलाई हुँदै आएकोमा पुनः छ महिना थप गरिएको हो । 

नर्वे र बुटवल पावर कम्पनीको लगानी रहेको हिमाल पावर कम्पनीसँग अमेरिकी डलरमा विद्युत खरीद सम्झौता (पीपीए) गरी सन् २००० देखि सञ्चालनमा ल्याइएको ६० मेगावाटको यो आयोजना २० बर्षमा २० प्रतिशत स्वामित्व प्राधिकरणलाई हस्तान्तरण गरिसक्नुपर्ने थियो । 

Advertisement

यसअघि थपिएको म्यादमा पनि स्वामित्व हस्तान्तरण प्रक्रिया नटुंगिएपछि अहिले फेरि म्याद थप भएको प्राधिकरणले जनाएको छ । फागुन १ देखि लागू हुने अहिलेको अन्तरिम सम्झौताको म्याद आगामी साउन मसान्तसम्म कायम रहने छ । जसअनुसार यस अवधिमा प्राधिकरणले प्रतियुनिट दुई रुपियाँमा विद्युत किन्नेछ । 

लामो सम्झौता अवधि र डलर पीपीएका कारण प्राधिकरणले अर्बौं रुपियाँ नोक्सान भोग्दै आएको यस आयोजनाको बाँकी ५० प्रतिशत स्वामित्व हस्तान्तरण हुन अझै ३० बर्ष कुर्नुपर्ने हुन्छ । कोरोनाको कारण देखाउँदै हिमाल पावर कम्पनीका प्रतिनिधिहरु नेपाल नआएपछि हस्तान्तरण प्रक्रिया ढिलो भएको जनाइएको छ । 

Advertisement

Advertisement