केएल दुगड समूहको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मान

Advertisement

काठमाडौं । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई उद्योग संगठन मोरङले सम्मान गरेको छ । 

आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै   निर्यातमूलक वस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५–७६ तथा २०७६–७७ मा सुनसरी, मोरङ औद्योगिक करिडोरका निर्यात मुलक उद्योगहरुमध्ये सबैभन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरिएको हो ।  

Advertisement

उद्योग संगठन मोरङको ४८ औं बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयलका संचालक विकास दुगडलाई उक्त सम्मान प्रदान गरेका हुन् । 

स्वस्तिकले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावर तेल, सनफ्लो सनफ्लावार तेल जस्ता तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ । 

Advertisement

Advertisement