सिटिजन्स छोडेका बोधराज देवकोटा महालक्ष्मीको सीईओ नियुक्त

Advertisement

काठमाडौं । केही दिनअघि मात्रै सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)बाट राजीनामा दिएका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको सीईओ नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको हो । 

देवकोटा करिब दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय देवकोटा डेढ दशकदेखि सिटिजन्स बैंकमा थिए । उनले २०६३ साल चैत्र १ गतेबाट सिटिजन्स बैंकमा सेवा सुरु गरेका थिए । 

Advertisement

काठमाडौ विश्वविद्यालयवाट व्यवस्थापनमा एमफिल डिग्री हासिल गरेका देवकोटाले सिटिजन्सबाट स्वयेच्छिक अवकाश लिने क्रममा बैंकका सञ्चालकदेखि कर्मचारीहरुसम्मलाई स्मरण गरेका थिए । 

Advertisement

Advertisement