डिशहोमको एक्सभीओडी सेवाः घरको टिभीमा चाहेको फिल्म र सिरियल निःशुल्क हेर्न सकिने

Advertisement

काठमाडौं । डिशहोमले आफूले सञ्चालन ल्याएको एप्लिकेशन एक्सभीओडी (स्ट्रिमिङ भिडियो अन डिमाण्ड) उपभोक्तामाझ थप विस्तार गरिने भएको छ । डिशहोमको सेट–अप बक्समार्फत इन्टरनेटले चल्ने यो फिचर निःशुल्करुपमा उपयोग गर्न सकिन्छ । 

डिशहोमको फाइबरनेट वा जुनसुकै आईएसपी (इन्टरनेट सर्भिस प्रोभाइडर)मार्फत यो सेवा लिन सकिने डिशहोमका आदित्य भट्टराईले बताए । उनका अनुसार एक्सभीओडीमा नन्लिनियर कन्टेन्ट क्याचअप गर्न मिल्छ जुन जति बेला पनि हेर्न मिल्छ । टिभी हेर्दा निरन्तरता हुन्छ । त्यसलाई रोकेर पछि हेर्न मिल्दैन । तर, एक्सभीओडीमार्फत हेर्दा पोस गर्न, स्टप गर्न, रिमाइण्ड गर्न पाइन्छ । आफूले चाहेको बखत बीचबाट वा सुरुबाट भिडियो कन्टेन्ट हेर्न पाइन्छ । 

Advertisement

डिशहोमले यसमा आफूले अधिकार पाएको धेरैजसो फिल्म र सिरियलहरु राखेको छ । एक्सभीओडीबाट यस्ता कन्टेन्टहरु कम्पनीले निःशुल्क उपलब्ध गराएको छ । तर, ग्राहकले डिशहोमको कुनै पनि प्याकेज रिचार्ज गरेको अवस्था भने हुनुपर्छ । निष्क्रिय ग्राहकले यो सुविधा उपभोग गर्न पाउँदैनन् । 

यस खालको फिचर सञ्चालनमा ल्याउने डिशहोम संभवतः एक मात्रै कम्पनी भएको भट्टराईको भनाई छ । डिशहोमले स्याटलाइटमार्फत दिँदै आएको सेवामा एक्सभीओडीमार्फत इन्टरनेटबाट पनि फिल्म तथा सिरियलहरु हेर्न मिल्ने विशेषता थप गरेको हो । 

डिशहोमको सेटअप बक्सभित्र रहेको एक्सभीओडीको सफ्टवयरलाई अपडेट गरेर यो फिचर सुचारु ग्रिन्छ । डिशहोमले दिएको वाईफाई डङ्गोल जोडेर वा इन्टरनेटको राउटबार निस्किएको इथरनेट केबल सेटअप बक्स पछाडि जोडेर सेवा सुरु गर्न सकिन्छ । डिशहोमको पूरानो रिमोटको तलपट्टि रहेको एसएभी भन्ने बटम थिचेर वा नयाँ रिमोटमा एक्सभीओडी भनेर लेखिएको बटम थिच्यो भने यो सेवा आफै चल्छ । 

भट्टराईले डिशहोमको एक्सभीओडी सेवालाई नेपालको नेटफ्क्सिसँग तुलना गरे । डिशहोमले गएको सेप्टेम्बर महिनाबाटै सुरु गरेको यो सो सेवा परीषण गर्दै सञ्चालन गरिरहेको थियो । कम्पनीले हलमा रिलिज हुने फिल्महरुलाई पे–मोडलमा लैजाने उद्देश्यले सञ्चालनमा ल्याएको हो । 

Advertisement

Advertisement