डिशहोममा मनोरञ्जनात्मक ‘कमेडी क्याफे’ संचालनमा

Advertisement

काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालन गरेको छ ।

कार्यक्रम कमेडी क्याफे फागुन २२ गतेदेखी डीसहोमको रियालिटी टीभी च्यानल नम्बर १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ । बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई प्राङ्क कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् । 

Advertisement

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई प्राङ्क गर्छन् । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ । 

Advertisement

Advertisement