बजाजको नयाँ शोरुम फिदिममा

Advertisement

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रालि’को उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटो मोबाइल ब्राण्डको रुपमा चिनिएको बजाजले सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ । 

कम्पनीले समृद्धि एण्ड ब्रदर्सका प्रोपराइटर सञ्जिव जोशीलाई डिलरसीप प्रदान गरिएको हो । आफूहरु ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम् मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको भन्दै बजाजले नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताएको छ । 

Advertisement

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने उसको भनाई छ । 

Advertisement

Advertisement