जिउँदै महिलालाई खाल्डोमा पुरेर भाग्ने जेसिबिका चालक पक्राउ

Advertisement

काठमाडौं । जिउँदै महिलालाई खाल्डोमा पुरेर भाग्ने जेसिबिका चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार जीवन भन्ने भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको हो । 

गत फागुन १७ गते धादिङ, त्रिपुरासुन्दरी–१ खोल्सीस्थित सडक खण्डमा सडक मर्मत गर्दै गर्दा माटो फाल्ने क्रममा बस्ने बर्ष ४० की सरस्वती कुमाललाई माटो फाल्ने बकेटले ठक्कर दिई माटोले पुरेर घटनास्थलबाट फरार रहेका उनलाई कन्चनपुरको गड्डा चौकीबाट पक्राउ गरिएको हो 

Advertisement

घट्नापछि उनलाई खोजी गर्ने क्रममा शुक्रबार गड्डा चौकीबाट पक्राउ गर्न प्रहरी सफल भएको हो । घट्नापछि बुढाथोकी भारतको सलोनमा रहेका निजका दाई भएको स्थानमा लुक्न गएका थिए । त्यस क्रममा उनी फागुन २९ गते भारतको जमुनाहा नाका हुँदै नेपालगञ्ज आएर सुर्खेत होटलमा बसेका थिए । 

फरार हुने क्रममा आफन्तसँग पैसा मागी चैत ४ गते भारतको हरिद्धार गएको, नेपालगञ्ज बस्दा आफूले प्रयोग गर्दै आएको सिमकार्ड निकाली मोवाइल सोही होटलमा छोडेर सम्पर्कबिहीन भएको प्रहरीको भनाई छ । 
 

Advertisement

Advertisement