राजधानीमा अर्घाखाँची सिमेन्टले गर्यो निर्माण बिज्ञसँग अन्तरक्रिया

Advertisement

काठमाडौँ । अर्घाखाँची सिमेन्ट प्रालिले शनिबार कपनको फैकामा निर्माण बिज्ञ तथा ब्यवसायी भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।  

कम्पनीले ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण बिज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण ब्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी उक्त कार्यक्रमको आयोजना गरेको हो । 

Advertisement

जम्मा ८० जना निर्माणबिज्ञ तथा ब्यवसायीहरुको उपस्थीती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रियाको संचालन गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनीय भूमिका हुने बताउँदै निर्माण ब्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे । 

आधिकारीक बिक्रेताहरुको प्रतिनिधित्व गर्दै जयशम्भु निर्माण सेवा (हार्डवेयर)का संचालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखाँची सिमेन्टको बिक्रीबितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए । 

कम्पनीले कार्यक्रममा लक्कि ड्रमार्फत तीनजना भाग्यशाली निर्माण ब्यवसायीहरुलाई  आकर्षक उपहारहरुको बितरण गरेको थियो । गतसाता काठमाडांैको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो । 
 

Advertisement

Advertisement