हिमालयन र इन्भेष्टमेन्टबीचको ‘बिग मर्जर’, कस्तो बन्ला नयाँ बैंक ?

Advertisement

काठमाडौं । नेपालका पूराना दुई ठूला बाणिज्य बैंकहरु हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच हुन लागेको ‘बिग मर्जर’बारे सेयर बजारका लगानीकर्ता र आम सर्वसाधारणमा चासो निकै बढेर गएको छ । 

मर्जरको अन्तिम तयारीमा रहेका यी दुई बैंक किन मर्ज हुन लागे ? मर्जरपछिको नयाँ बैंकको अवस्था कस्तो हुन्छ ? भन्ने प्रश्न उनीहरुमा देखिन्छ । धेरै संख्यामा बैंक वित्तीय संस्थाहरु हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा भई बैंकहरुलाई आफ्नो पूरानो साखः जोगाउनै मुस्किल भएपछि हिमालयन र नेपाल इनभेष्टमेन्ट मर्जरमा जान बाध्य भएका हुन् । 

Advertisement

दुवै बैंकका कतिपय संस्थागत लगानीकर्ता मिल्दाजुल्दा छन् । दुवै बैंकलाई नचाउँदै आएका पाण्डे र राणा समूहको लय मिलेसँगै बैंकको मर्जर प्रक्रिया अघि बढेको हो । नेपालको वित्तीय क्षेत्रमा कुनै समय प्रभाव जमाएर पनि पछिल्ला दिनमा त्यो प्रभाव गुमाउँदै गएका हिमालयन र नेपाल इनभेष्टमेन्टले अब पनि मर्जरमा नजाने हो भने आक्रामकरुपमा आएका अन्य बाणिज्य बैंकहरुले निल्ने देखेपछि मर्जरमा जान बाध्य भएका हुन् । पछिल्ला दिनमा नेपालको निजी क्षेत्रको नम्बर १ बैंकको रुपमा चिनिएको नबिललाई नै आफ्नो खास जोगाउन धौधौ परेको अवस्था छ । 

हिमालयन र इनभेष्टमेन्ट दुवैको अब बस्नेसञ्चालक समितिबाट मर्जरलाई अन्तिम टुँगो लगाउने अनुमान गरिएको छ । मर्जरका लागि आन्तरिक रूपमा गरिरहेको ड्यु डेलिजेन्स अडिट (डीडीए)को रिपोर्ट चैत १ गते आइसकेको छ । दुवै बैंक मर्ज भएमा सबैभन्दा ठूलो बैंक बन्न सफल हुनेछ । 

कुन बैंकमा कस्को कति सेयर ?
हिमालयन बैंकको १० वटा कम्पनीसंग ८३ दशमलव ८९ प्रतिशत सेयर रहेको छ । बाँकी १६ दशमलव ११ प्रतिशत सेयर भने सर्बसाधरणको नाममा छ । यस बैंकको सबैभन्दा धेरै सेयर हबिब बैंक (पाकिस्तान) को रहेको छ । बैंकको सेयरमध्ये २० प्रतिशत सेयर यस बैंकको रहेको स्रोत बताउँछ । यस्तै बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत हिस्सा रहेको छ । एक ट्रेडिङ कम्पनीको बैंकमा १२ दशमलव ७१ प्रतिशत सेयर रहेको छ । 

बैंकमा म्यूचूअल ट्रेडिङ कम्पनी प्रालिको ११ दशमलव ८५ प्रतिशत सेयर रहेको छ । यता आभा इन्टरनेसनल प्रालिको ११ दशमलव ३८ प्रतिशत, छाया इन्टरनेसनल प्रालिको आठ दशमलव ८९ प्रतिशत, शशिकान्त अग्रवालको दुई दशमलव ६४ प्रतिशत, स्याकर कम्पनीको शुन्य दशमलव ९९ प्रतिशत, अन्जु खेजानको शुन्य दशमलव ७७ प्रतिशत र शर्मा एण्ड कम्पनीको शुन्य दशमलव ६६ प्रतिशत सेयर रहेको छ ।

यस्तै, नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ दशमलव ८१ प्रतिशत संस्थागत लगानीकर्ताको रहेको छ । भने बाँकी सेयर सर्वसाधारण लगानीकर्ताको रहेको छ । संस्थागत लगानीकर्तामा सबैभन्दा धेरै महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको आठ दशमलव ८३ प्रतिशत सेयर रहेको छ । यस्तै, छाया इन्भेष्टमेन्ट प्रालिको आठ दशमलव २० प्रतिशत, केयुपि इन्भेष्टमेन्ट प्रालिको सात दशमलव ८१ प्रतिशत सेयर रहेको छ । 

बैंकमा सोफिया इन्भेष्टमेन्ट प्रालिको ७ दशमलव ४२ प्रतिशत, अन्नपूर्ण इन्भेष्टमेन्ट प्रालिको १ दशमलभ ५६ प्रतिशत, कमला इन्भेष्टमेन्ट प्रालिको एक दशमलव ५६ प्रतिशत, नोबल इन्भेष्टमेन्ट प्रालिको एक दशमलव ५६ प्रतिशत, प्रेस्टाइन इन्भेष्टमेन्ट प्रालिको एक दशमलव ५६ प्रतिशत सूर्य इन्फोसिस प्रालिको एक दशमलव ५६ प्रतिशत र स्टार होल्डिङ्स प्रालिको एक दशमलव १७ प्रतिशत सेयर रहेको छ । 

कुन बैंकको वित्तीय अवस्था कस्तो ?
बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था हेर्दा हिमालयन बैंक भन्दा इन्भेष्टमेन्ट बैंक अगाडी रहेको देखिन्छ । हिमालयन र इन्भेष्टमेन्ट दोस्रो त्रैमासिकसम्म आइपुग्दा चुक्ता पुँजी क्रमसः १० अर्ब ६८ करोड ४४ लाख र १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपियाँ रहेको छ ।

बैंक मर्जर भएपछि जम्मा पुँजी २४ अर्ब १३ करोड माथि हुने देखिन्छ । दोस्रो त्रैमाससम्मको प्रतिवेदन हेर्दा हिमालयन बैंकको जगेडा कोषमा पाँच अर्ब ९८ करोड रुपियाँ भदा माथि रहेको छ । इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड भन्दा धेरै छ । 

बैंकको यस अवधिसम्मको प्रतिसेयर आम्दानी आम्दानीमा पनि हिमालयन बैंक भन्दा इन्भेष्टमेन्ट नै अगाडी छ ।  इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १९ रुपियाँ ७१ पैसा छ भने हिमालयनको १२ रुपियाँ २३ पैसा छ । यता इन्भेष्टमेन्टको ८६ वटा साखाहरु रहेको छ भने हिमालय बैंकको ७० वटा साखा रहेको छ । बैंक मर्ज भए पछि बैंकहरुको साखा पनि घट्ने सम्भावना देखिन्छ । 

Advertisement

Advertisement