शिखर इन्स्योरेन्सले पारित गर्यो ३० प्रतिशत हकप्रद र २९ प्रतिशत लाभांशको प्रस्ताव

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सोमबार १५औं र १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले  आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को आयव्यय विवरण, नाफानोक्सान हिसाब, लेखापरीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन पास गरेको छ । 

सभाले २०७७–७८ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ । 

Advertisement

सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६ दशमलव एक प्रतिशत, २०७७–७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा २७ दशमलव ७६९ प्रतिशतका दरले ३८ करोड १६ लाख ८९ हजार १२७ रुपियाँको बोनस सेयर पारित गरेको छ । 

यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा एक दशमलव नौ प्रतिशत आर्थिक वर्ष २०७७–७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने (सेयर पुँजीमा एक दशमलव ४६२ प्रतिशतका दरले नगद लाभांश दुई करोड ८८ हजार ९०१ रुपियाँ वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी चार अर्ब रुपियाँ पुर्याउने प्रस्ताव पनि पारित भएको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन गर्ने प्रस्ताव पारित भएको छ । 

प्रस्तावित बोनस सेयरपछि कायम हुने कम्पनीको चुक्तापुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ । 

बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । 

सभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने दुई सञ्चालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट संचालकमा निर्वाचित भएका छन् । 

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै कम्पनीलाई नयाँ उचाई दिने जानकारी दिए । 

Advertisement

Advertisement