नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय फुटबल आजबाट सुरु

Advertisement

काठमाडौं । नेपालसहित बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय फुटबल मंगलबारबाट सुरु हुने भएको छ । दशरथ रंगशालमा आज साँझ उद्घाटन हुने खेलको युवा तथा खेलकुदमन्त्री दावा लामाले उदघाटन गर्ने कार्यक्रम छ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको खेलमा बंगलादेश र किर्गिस्तान यू–२३ टिमले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र किर्गिस्तानबीच चैत १२ गते र नेपाल र बंगलादेशबीच चैत १४ गते प्रतिस्पर्धा हुनेछ । फाइनल खेल चैत १६ गते हुने कार्यक्रम छ ।

Advertisement

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलको तयारीका लागि त्रिदेशीय फुटबल आयोजना गरेको हो । खेल आयोजनाका लागि रंगशाला सरसफाई अन्य अन्य तयारी पूरा भइरहेको एन्फाको भनाई छ । 

दर्शकका लागि अनलाइन टिकट बुकिङको समेत व्यवस्था गरेको एन्फाले विज्ञप्ति जारी गरेर अनिवार्यरुपमा माक्स लगाएर आउन आग्रह गरेको छ । खेलको बिजेता टिमले पाँच हजार अमेरिकी डलर, उपविजेताले तीन हजार डलर पाउने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई पाँच सय डलर र म्यान अफ दी म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने छ ।

Advertisement

Advertisement