पठाओका राइडरलाई ब्राण्डको ज्याकेट लगाउन रोक, कारण– असुरक्षा

Advertisement

काठमाडौं । ट्राफिक प्रहरीले प्रतिवन्ध लगाएसँगै राइड सेयरिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई ब्राण्ड अंकित ज्याकेट र ट्राउजर नलगाउन सुचित गरेको छ । 

कम्पनीले विज्ञप्ति निकालेर सरकारी निकायसँग भएको छलफलका आधारमा प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजर) नलगाउन आफ्ना राइडरहरुलाई आग्रह गरेको हो । ट्राफिक प्रहरी महाशाखाले भने विकृति रोक्न र राइडरहरुको सुरक्षाका लागि यस्तो निर्देशन दिनुपरेको बताएको छ । 

Advertisement

राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि यस्तो निर्देशन दिनुपरेको प्रहरीको भनाई छ । यो निर्णय बुधबारबाटै लागू हुनेछ । पठाओले ज्याकेट नलगाउन आव्हान गर्दै अन्यथा प्रशासनबाट कारवाही हुनसक्ने कुरामा सचेत गराएको छ । 

प्रोटेक्टिभ गेयरमा रोक लगाए पनि पठाओको सेवामा भने सुचारु रहने छ । मोवाइल एपमार्फत कनेक्ट गरी पठाओको राइड सेयरिङ सेवा प्राप्त गर्न सकिन्छ । टुटल र पठाओ सेवा लोकप्रिय भएपछि ट्याक्सी व्यवसायीहरुले यसमा रोक लगाउन माग गर्दै आएका छन् । उनीहरुले आफूहरुको रोजीरोटी र लगानी जोखिममा परेको गुनासो गर्दै आएका छन् । 

पठाओले कोरोना महामारीका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा अपनाउने क्रममा प्रोटेक्टिभ गेयर अनिवार्य गरेको बताउँदै तर अहिले तत्कालका लागि यो राक्ने सहमति भएको बताएको छ ।  लकडाउनको बेलामा राइडर र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ भनाई छ । 

Advertisement

Advertisement