नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाईं नियुक्त, बीमा समितिले दियो स्वीकृति

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले प्रसाईँलाई माघ २८ गते नै सीईओ नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समितिमा पत्र पठाएको थियो ।

बीमा समितिले बुधबारमात्रै प्रसाईँलाई सीईओ नियुक्त गर्न स्वीकृति दिएको हो । समितिबाट स्विकृति पाएसँगै सीइओ प्रसाईको कार्यकाल नेपाल लाइफमा ४ वर्षको हुनेछ । यसअघि नेपाल लाइफको सीइओको रुपमा विवेक झा रहेका थिए । झाको कार्यकाल सकिएसँगै प्रसाईँले कार्यबाहक सीईओका रुपमा कार्य गर्दै आएका थिए ।  

Advertisement

नियामक निकाय बीमा समितिमा समेत काम गरेको अनुभव भएका प्रसाईँ चार्डड एकाउन्टेन्ट (सीए) पनि हुन् । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः

नेपाल लाइफको सीइओमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय, स्वीकृतिका लागि बीमा समिति पठाइयो

Advertisement

Advertisement