सुतिरहेको अवस्थामा अपरहणमा परेका झा दम्पतीको शब भेटियो

Advertisement

जनकपुरधाम । सुतिरहेको अवस्थामा अपरहणमा परेका वृद्ध दम्पत्तिको शब भेटिएको छ । अपहरणकारीले सुतेको ओछ्यानसहित महोत्तरीको पिपराका एक दम्पतीलाई बेपत्ता बनाएको एक महिना भइसकेको थियो । 

उनीहरूको खोजी गर्न स्थानीयदेखि काठमाडौंसम्म दबाब दिइँदै आएकोमा पिपरा–१ एकरैयामा हत्या गरेर बोरामा बाँधी खाल्टो खनेर गाडेको अवस्थामा फेला परेको हो । बेपत्ता पारिएकाहरुमा पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा छन् । उनीहरूलाई फागुन ११ गते राति बेपत्ता बनाइएको थियो।

Advertisement

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार बेपत्ता दम्पतीलाई गाडेको ठाउँमा उत्खनन् गर्दा उनीहरूको अस्थिपन्जर भेटिएको छ । उक्त ठाउँमा झा दम्पतीले लगाएको टिसर्ट, हातको चुरालगायतका कपडाहरू भेटिएको र प्रमाणका आधारमा शब झा दम्पत्तिकै भएको पहिचान भएको जनाइएको छ । 

झा दम्पतीलाई अपहरण गरेर बेपत्ता बनाएको अभियोगमा प्रहरीले केही दिनअघि चार जनालाई सार्वजनिक पनि गरेको थियो । उनीहरूमाथि छानबिन गर्दा पुरेको ठाउँ फेला परेको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा स्थानीय रामबाबु यादव, उनका जेठो छोरो सुरेन्द्र, कान्छो छोरो रोजेन्द्र र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुर छन्। जग्गा कारोबारको विषयलाई लिएर झा दम्पतीलाई बेपत्ता बनाइएको खुलेको छ ।

Advertisement

Advertisement