सेफ्टीले ल्यायो ट्याम्पन्स र महिनावारी कप

Advertisement

काठमाडौँ । ज्यास्मिन हाइजिन प्रोडक्ट्सद्वारा उत्पादित र नेपालमा बनेको पहिलो स्यानिटरी प्याड ब्राण्ड सेफ्टीले आफ्नो शृँखलामा महिनावारी कप र ट्याम्पन्सलाई हालै प्रस्तुत गरेको छ । सेफ्टी स्यानिटरी प्याड्स सुलभ मुल्यमा विश्वस्तरीय गुणवत्ताका स्यानिटरी प्याडहरुको लागि परिचित छ ।

‘रेगुलर’ देखि अत्यन्त पातलो ‘अल्ट्रा’ प्याडहरु सम्मको यसका विभिन्न उत्पादनहरुमा अब महिनावारी कप र ट्याम्पन्स पनि थपिएको छ, जसले गर्दा महिलाहरुलाई उनीहरुको महिनावारीको दौरान धेरै विकल्पहरु र धेरै आराम दिने लक्ष्य सेफ्टीले लिएको छ । सेफ्टी ट्याम्पन्समा माहनावारीको दौरान धेरै समयसम्म शोष्ने क्षमता रहेको छ । 

Advertisement

यसैगरी सेफ्टी महिनावारी कप पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको छ र यो मेडिकल दर्जाको सिलिकनबाट बनेको छ । महिनावारी कप प्रत्येक ४ देखि ८ घण्टाको बीचमा खाली गरी धोई फेरि लगाउन सकिन्छ । दुवै ट्याम्पन्स र महिनावारी कप यात्रा गर्दा, व्यायाम गर्दा वा पौडी खेल्दाको समयमा पनि प्रयोग गर्न सकिन्छ ।

सेफ्टी आफ्ना उपभोक्ताहरुको लागि आरामदायी र व्यवस्थित महिनावारीको सुनिश्चितता प्रदान गर्न समर्पित छ । नयाँ शृँखलाको सेफ्टी ट्याम्पन्स र महिनावारी कप सुरक्षित, सजिलो, वातावरण मैत्री, रसायन मुक्त र बजेट मैत्री विकल्पहरु हुन्, जसलाई महिलाहरुले उनीहरुको महिनावारीको दौरान प्रयोग गर्न सक्छन् ।

नयाँ उत्पादनहरु बिक्री शुभारम्भको अवसरमा मन्तव्य राख्दै ज्यास्मिन हाइजिनको जनरल मेनेजर स्वर्णिमा राजभण्डारीले भनिन्,“सेफ्टी जहिले पनि महिलाहरुलाई धेरै छनौटहरु र धेरै स्वतन्त्रता प्रदान गर्ने लक्ष्यमा अग्रसर छ ।  यो हाम्रो त्यही उद्देश्य प्राप्तीको एक अर्को कदम हो । हामीलाई आशा छ, हाम्रो देशका महिलाहरुको लागि हाम्रो नयाँ उत्पादनहरु अत्यन्त लाभदायी हुनेछ ।”

Advertisement

Advertisement