डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा

Advertisement

काठमाडौं । अब डिशहोमको ग्राहकहरूले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकले यस अफरबाट फाईदा लिन सक्नेछन् । 

डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

Advertisement

डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँगै आफ्नै मोबाईलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै भीओडीमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्न  सक्नेछन् । डिशहोम गो वेभमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलको आनन्द लिन सक्नेछन् । साथै, एक्सभीओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रम विना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । नेपालमै टिभीको रिचार्ज गर्दा इन्टरनेटलगायत डिशहोम, डिशहोम गो वेभ र एक्सभीओडी फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।
 
डिशहोम फाईबरनेटले हाल बजारमा १० एमबीपीएस, २५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेज उपलब्ध गराएको छ ।
 

Advertisement

Advertisement