जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व रेकर्ड कायम

Advertisement

काठमाडौं । गीतकार हरिगोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो साङ्गीतिक एल्बल ‘यो मुटुमा सधैभरि’ विमोचन गरि विश्व कीर्तिमान कायम गरेका छन् । 

काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाईमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत एल्बम विमोचन गरिएको थियो । 

Advertisement

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ निर्णय श्रेष्ठले दोसल्ला, वल्र्ड बुक अफ रेकर्डस्को पीन एवं माला लगाई उनलाई सम्मान गरे । 

Advertisement

Advertisement