ब्रोकरले शेयर बेचेको पैसा समयमै नदिए के गर्ने ?, नियामक- ‘उजुरी दिनुहोस्, कारवाही गर्छौँ’

Advertisement

काठमाडौं । शेयर बजारमा बेलाबेलामा अनेकखाले समस्या आइरहेका छन् ।  पछिल्लो समय लगानीकर्ताले शेयर बेचेको महिना दिनसम्म पनि रकम खातामा नआएको गुनासो गर्दै आएका छन् । 

एक जना लगानीकर्ता त आफुले बेचेको शेयरको पैसा ३२ दिनसम्म नपाएको भन्दै सीडीओे(प्रमुख जिल्ला अधिकारी) को शरणमा पुगेकी छन् । हेटौंडा, मकवानपुरकी लगानीकर्ता सुनिता पण्डितले शेयर बेचेको ३२ दिनपछि मात्रै आफ्नो खातामा पैसा आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएकी हुन् ।  

Advertisement

उनले कानून बमोजिमको क्षतिपुर्तिको माग समेत माग गरेकी छिन् । पण्डितले ३७ नम्बरको ब्रोकर कम्पनी ‘स्वर्णलक्ष्मी सेक्युरीटीज’बाट फागुन ११ गते शेयर बेचेको र सो शेयर बेचे वापतको रकम चैत १२ गते मात्रै प्राप्त गरेकी बताएकी छिन् ।

उनले जिप्रका मकवानपुरमा दिएको उजुरीमा आवश्यक कारवाही तथा क्षतिपुर्तिको माग पनि गरेकी छिन् । पण्डित कारोबार रकम ढिलो पाउने लगानीकर्ता मध्येको एक उदारणमात्र हुन् । उनले जस्तै कारोबार भएको धेरै समयसम्म खातामा रकम नपाउने लगानीकर्ताहरु धेरै छन् । 

हाल शेयर कारोबारको सेटलमेन्ट ‘टी प्लस टु’मा गर्नु पर्ने कानूनी व्यवस्था छ । अर्थात शेयर किनेको तेश्रो दिनमा खातामा शेयर आउनेछ भने बेचेको तेश्रो दिनमा खातामा पैसा आउनुपर्ने व्यवस्था छ । 

के भन्छ, नियामक निकाय  ?
कारोबार गरिसके पछि अहिलेको व्यवस्था भनेको कारोबार राफसाफ २ दिन भित्र गर्नु पर्छ भन्ने प्रावधान रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘टि पल्स टु भन्ने बित्तिकै लगानीकर्ताले दुई दिन भित्र कारोबारको रकम पाउने भन्ने हुन्छ । तर, यसको सम्पूर्ण प्रोसेस गर्दा लाग्ने समय भनेको ४ दिनसम्म हुन सक्छ ।’ 

शेयर बजारमा अहिलको कारोबार बैंक खातासंग इन्ट्रिग्रेट भएको छैन । धितोपत्र बोर्डल यस्तो व्यवस्था केही समयमै ल्याउन लागेको ढुङ्गाना बताउँछन् । बैंक खातासंग इन्ट्रिग्रेट भएपछि स्वचालित रुपमा लगानीकर्ताले खातामा पैसा पाउने र लामो समयसम्म कुनुपर्ने बाध्यताको अन्य हुने उनको भनाई छ ।

‘शेयर कारोबारबाट पैसा पाउने र लिने दुबैले यो व्यवस्थाबाट तुरुन्तै पैसा पाउँछन्’–उनी भन्छन् ।  ‘त्यो कामको लागि हामीले प्रबिधिमा लगानी गर्नु पर्ने देखिन्छ । अहिलेको अवस्थामा प्रबिधिमा लगानी कम छ । त्यसलाई लगानी बढाउने काम पनि गर्न बाँकी रहेको छ ।’ 

विश्वभर शेयर बजारमा सेवा प्रदान गर्ने भनेको ब्रोकर र टिएमएसले हो । टिएमएस शेयर खाता, नेपाल स्टक एक्सचेञ्ज र बैंक खातासंग पनि इन्ट्रिग्रेट हुन आवश्यक रहेको ढुङ्गाना बताउँछन् । यो तीनवटा प्रक्रिया पूरा भएपछि लगान्ीकर्ताले सजिलैसंग पैसा पाउने छन् । यसको लागि प्रक्रिया अगाडि बढाई सकेको उनको भनाई छ ।

यता, नेपाल स्टक एक्सचेञ्ज कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यसरी कुनै पनि ब्रोकरले समयमा लगानीकर्ताको पैसा फिर्ता नगरे कारबाही हुने बताए । उनले भने–‘यदी कोही लगानीकर्ताले समयमा पैसा पाएको छैन भने हामीलाई उजुरी गर्न पर्यो । हामीले उजुरी बिना हल्लाको भरमा त कारबारी गर्न मिल्दैन । त्यस्ता लगानीकर्ताले उजुरी गरे भने हामीले कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’

कुनै पनि ब्रोकरले लगानीकर्ताको पैसा समयमा नदिएको उजुरी नेप्सेमा आएमा ब्रोकरलाई स्पष्टिकरण सोध्ने र गलत नियतले यस्तो गरेको पाईएमा कारोबार बन्द गर्नेसम्मको कारबाही हुने साउद बताउँछन् ।  

Advertisement

Advertisement