भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान कुमार बस्नेत र प्रकाश गुरुङलाई

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा शनिबार ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७ गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीततर्फ प्रकाश गुरुङलाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ । 

प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्षसुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । 

Advertisement

प्रतिष्ठानले विगत केहि बर्षसंगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदंै आएको छ ।
 

Advertisement

Advertisement