ट्रम्पले भेटेका किमलाई बाइडेनले नभेट्ने, उत्तरप्रति अमेरिकी प्रशासनको कडा नीति

Advertisement

काठमाडौं । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गरेका उत्तर कोरियाली नेता किम जङ–उनलाई वर्तमान राष्ट्रपति जो बाइडेनले भने भेट्न अनिच्छा प्रकट गरेका छन् । 

ह्वाइट हाउसले जनाएअनुसार बाइडेन किमसँग भेटवार्ता गर्ने पक्षमा छैनन् । उत्तर कोरियाप्रति बाइडनको नीति ट्रम्पको भन्दा फरक हुने भन्दै अमेरिकी अधिकारीहरूले उत्तर कोरियाको क्रियाकलापका आधारमा किमसँगको सम्वन्ध निर्भर रहने बताएका छन् । 

Advertisement

ट्रम्पसँग भएको भेटमा किमले आणविक हतियार बनाउने र क्षेप्रास्त परीक्षणका कुराबाट पछि हट्न चलकता देखाए पनि यस्ता उक्त गतिविधि कायम राख्दै आएको समाचार आइरहेका छन् । उत्तर कोरियाले हालैमात्रै क्षेप्रास्त परीक्षण गरेको थियो । 

विश्व शक्ति अमेरिकालाई धम्की दिँदै आएको उत्तरविरुद्ध आर्थिक र राजनीतिकरुपमा अमेरिका प्रशासनले कडा नीति लिए पनि सैन्य कारवाही भने गर्न सकेको छैन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार शान्तिपूर्ण तरिकाले उत्तरलाई आफ्नो नियन्त्रणमा ल्याउने ट्रम्प प्रशासनको नीति कायम राख्ने वा नराख्ने पक्षमा ह्वाइट हाउस मौन छ । 

राष्ट्रपति भएलगत्तै बाइडेनले प्योङयाङसँग सम्पर्क गर्ने प्रयास गरे पनि कुनै प्रतिउत्तर नआएपछि बाइडेन रुष्ट भएका छन् । अमेरिकी अधिकारीहरू प्योङयाङको रवैयाका कारण बाइडेन किमसँग भेटवार्ता गर्ने पक्षमा नरहेको संकेत गरेका छन् । 

एक अमेरिकी अधिकारीले रोएटर्सलाई बताएअनुसार उत्तर कोरियासँग ुकैयौँ पटकु सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन् । 

Advertisement

Advertisement