डिशहोमको नयाँ ‘खुशीको उडान’ योजनामा बैंकक जाने मौका

Advertisement

काठमाडौं । डिशहोमले ‘खुशीको उडान’ योजना सुरु गरेको छ । नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै यो योजना ल्याएको जनाएको हो । आफ्ना सक्रिय ग्राहकलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको कम्पनीको भनाई छ । 

‘खुशीको उडान’ योजनाले हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ । यसअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरूमार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै इ–वालेट एप र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ । 

Advertisement

लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकको सेटअप बक्समा भएको  क्यासआईडीको आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६ देखि हुने र डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरूमा हरेक बिहीबार ५ बजे प्रत्यक्ष प्रसारण पनि गरिने जनाइएको छ ।

Advertisement

Advertisement