Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपालकै निजी वायुसेवा कम्पनीले १ प्रतिशतमा ऋण पाएको अवस्थामा नेपाल वायुसेवा निगमले ११ प्रतिशतमा ऋण लिनु परेको भन्दै गुनासो गरेका छन् ।  उनले यति चर्को ऋण लिएर निगम चल्न नसक्ने बताएका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले निजीको बुद्ध एयरले १ प्रतिशतमै विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट एक प्रतिशत ब्याजदरमै ऋण लिएको औंल्याउँदै भने ‘निगमले चाहिँ दोहोरो अंकको ऋण लिएका छ । यस्तो ऋण बढेर ४० अर्ब रुपियाँ नाघिसक्दा पनि सरकारले लगानी नथपे यति ठूलो ऋण तिर्नसक्ने अवस्था निगसँग छैन् ।’

Advertisement

निगममा सरकारको लगानी निकै न्यून रहेको बताउँदै कोरोना भाइरस (कोभिड १९) महामारीका कारण निगमले नियमित ऋण तिर्न नसक्दा बढेर ४० अर्ब रुपियाँ पुगेको बताए । आम्दानी नभएको भन्दै निगमले अहिले पनि नियमितरुपमा ऋण तिरेको छैन । ऋण दिने निकायहरू भने सरकार ऋणको जमानी रहेकोले आफूहरुलाई कुनै चिन्ता नरहेको बताउँदै आएका छन् । 

ऋणका कारण निगम यतिबेला ठूलो आर्थिक संकटमा परेको छ । अन्तर्राष्ट्रिय उडानमा चारवटा र अन्तरिक उडानमा दुईवटा मात्रै जहाज रहेको निगम थोरै जहाजबाट धेरै गन्तव्यमा सेवा दिने वायुसेवा पनि हो । निगमले नेपाल उडान गर्ने ३० वटासम्मका विदेशी वायुसेवासँग प्रतिस्पर्धा गर्दै आएको छ । 

आन्तरिक उडानमा सेवामूलक मात्रै भएको निगमसँग स्थानीय वायुसेवा कम्पनीसँग प्रतिस्पार्धा गर्ने गरी उडान सञ्चालनका लागि पर्याप्त जहाजसमेत छैन् । चीन सरकारले ऋण तथा अनुदानमा उपलब्ध गराएका जहाजहरू बर्षौंदेखि सञ्चालन गर्न नसक्दा निगमलाई अर्बौं रुपियाँ नोक्सान भएको छ । 

पौडेलले सरकारी वायुसेवाले हवाई उड्डयनको क्षेत्रमा महंगो व्याजदरमा ऋण लिनु परेको कारण व्याजका लागि बार्षिक चार अर्ब रुपियाँ तिर्नुपरेको, इन्धन महंगो हुँदा त्यत्तिकै व्ययभार बढिरहेको बताए । अन्य मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य निकै धेरै रहेको उनको भनाई छ । 

साथै, पौडेलले निगमको व्यवस्थापनमा सुधार हुन नसकेको स्वीकार गर्दै निगमसँग भएका जहाज कोभिडको कारण ५० प्रतिशतभन्दा बढी क्षमतामा सञ्चालन हुन नसकेको र सञ्चालन खर्च मात्रै बढेको बताए । अब कहिलेबाट निगमले जहाजको किस्ता तिर्न सक्छ ? भनेर भन्न नसक्ने अवस्थामा आफूहरु पुगेको उनले बताए । ऋण बढ्दै जाँदा थप समस्या हुनसक्ने पौडेलको चिन्ता छ । पौडेलसँग गरिएको थप कुराकानी भिडियोमाः 

Advertisement

Advertisement