नयाँ बर्षमा गोद्रेजका घरायसी सामान किन्दा विशेष क्यासब्याक

Advertisement

काठमाडौं । घरायसी सामग्रीहरू (होम एपलाइन्स)को ब्राण्ड गोद्रेजले नयाँ बर्ष २०७८ को लागि विशिष्ट क्यासब्याक अफर ल्याएको छ । चौधरी समूहको ईओएल प्रालिले बिक्री गर्दै आएको यस ब्राण्डले नयाँ बर्षका लागि अफर ल्याएको जानकारी दिएको हो ।

बजारमा गोद्रेजका रेफ्रिजेरेटर, वासिङ मेशिन, माईक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड जस्ता सामानहरू उपलब्ध छन् । यी उत्पादनहरू विश्वस्तरीय रहेको कम्पनीको भनाई छ । 
नयाँ वर्षको अवसरमा गोदरजका सामानहरू खरिद गर्दा रु. १८ सम्मको क्यासब्याक तुरुन्तै पाउन सकिन्छ ।

Advertisement

जसअन्तर्गत १० वर्षको वारेन्टी भएको रेफ्रिजेरेटरको खरिदमा रु. १७ हजार नौसय सम्मको क्यासब्याक, पाँच वर्षको वारेन्टी भएको चेस्ट फ्रिजरमा रु. १८ हजारसम्मको क्यासब्याक, १० वर्षको वारेन्टी भएको वासिङ मेशिनमा रु. १३ हजार एक सय सम्मको क्यासब्याक र एक्स्ट्रा वासिङ पाउडर सित्तैमा, माईक्रोवेभ ओभनमा रु छ हजार नौ सयसम्मको क्यासब्याक, एयर कुलरमा रु तीन हजार पाँचसयसम्मको क्यासब्याक र केही समयअघि मात्रै नेपाली बजारमा ल्याइएको कोभिड–१९ तथा अन्य रोग सार्ने किटाणुको ९९ प्रतिशतभन्दा बढी किटाणु संक्रमणमुक्त गर्ने युभिसि टेक्नोलोजिबाट निर्मित भाइरोसिल्डको खरिदमा रु. तीन हजार सात सयसम्मको क्यासब्याक पाईने कम्पनीले जानकारी गराएको छ । 

नयाँ वर्षको समयमा आफ्नो घरका लागि प्रिमियम तथा वातावरणमैत्री होम एप्लाएन्स खरिद गर्न चाहनेहरूका लागि गोद्रेजको यो अफर निकै नै उत्कष्ट रहेको ईओएलको भनाई छ । 
 

Advertisement

Advertisement