नयाँ बर्षको अवसरमा ओपो ए१२ मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

Advertisement

काठमाडौँ । प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ ।
 
पहिले रु. १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले रु. १४ हजार ९ सय ९० मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

ओपोले आउँदा दिनमा नयाँ बर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ । 

Advertisement

Advertisement

Advertisement