प्रत्येक नेपालीको थाप्लोमा रहेको ऋणको बोझ बढेर साढे ५२ हजार रुपियाँ पुग्यो

Advertisement

काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा ऋणको बोझ झण्डै साढे ५२ पुगेको छ । सरकारी तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण बढेर १५ खर्ब ७३ अर्ब रुपियाँभन्दा बढि पुगेको छ । 

अर्थमन्त्रालयका अनुसार गएको असारसम्म १४ खर्ब १९ अर्ब रुपियाँ रहेको यस्तो ऋण चालु आर्थिक बर्षको आठ महिनामा बढेर १५ खर्ब ७३ अर्ब रुपियाँ नाघेको हो । 

Advertisement

आठ महिनामा सरकारले एक खर्ब ९२ अर्ब ऋण लिएकोमा ३८ अर्ब ७१ करोड रुपियाँ सावाँ ब्याज भुक्तानी गरेको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या तीन करोड पुगेको छ । हरेक नेपालीको भागमा करिव ५२ हजार पाँच सय ऋण पुगेको छ । 

सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण सात खर्ब दुई अर्ब रुपियाँ छ भने बाह्य ऋण आठ खर्ब ७० अर्ब ६४ करोड रहेको छ ।

Advertisement

Advertisement