चेम्बरलाई गभर्नरको सुझाव– नेपाललाई खेलकूद गन्तव्य बनाउनुहोला

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन सुझाव दिएका छन् । 
     
नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले शनिबार आयोजना गरेको गल्फ प्रतियोगितामा पुगेका अधिकारीले उक्त सुझा व दिएका हुन् । 

खेलका विजयी महिला तथा पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दै उनले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी भएकाले नेपाललाई खेल पर्यटनको उपयोगी माध्यम बन्न सक्ने बताए । 
     
कोभिड–१९ का कारण गति लिन नसकेको मुलुकको अर्थतन्त्रलाई खेलकूदको माध्यमबाट पनि टेवा दिन सकिने विचार व्यक्त गर्दै अधिकारीले पर्यटन व्यवसायको पुनरुत्थानका लागि पनि खेल पर्यटन महत्वपूर्ण छ भने । 
     
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी वर्षको मौद्रिक नीतिमा खेल पर्यटन र त्यसले देशको अर्थतन्त्रका पार्ने सकारात्मक प्रभावलाई समाहित गर्न आग्रह गरे । 
     
नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड श्रेष्ठले गल्फ खेलमा हरेक वर्ष छ अर्ब अमेरिकी डलरको कारोबार हुने गरेको जानकारी गराउँदै त्यसको केही हिस्सा नेपालमा आकर्षित गर्न सम्बद्ध निकायले आवश्यक प्रयास गर्नुुपर्ने बताए । 
     
नेपालमा गल्फ खेलको इतिहास १०४ वर्षभन्दा पुरानो भएको तथा ७० वर्ष पुगेको चेम्बर र शताब्दी पुरानो गल्फ क्लबले नेपालको आर्थिक विकासको क्षेत्रमा खेल पर्यटनका माध्यमबाट टेवा पुर्याउने सक्ने विचार अध्यक्ष श्रेष्ठले व्यक्त गरे । 

Advertisement

Advertisement

Advertisement