बैशाखपछि फेरि सेयर बजारले नयाँ उचाई लिनसक्ने रौनियारको विश्लेषण

Advertisement

काठमाडौंं ।  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले चैत मसान्तसम्म बजार दह्रो भएमा वैशाखपछि थप गति लिने दावी गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले चैतसम्म बजार परिसुचक नेप्से स्थिर रहे बैशाखपछि बढ्ने संभावना रहेको बताए । उनी भन्छन्, ‘नयाँ वर्ष सुरु हुँदैछ । सरकारको पुँजीगत खर्चमा पनि वृद्धि हुनेछ । सेयर बजारको सिजन आउँदैछ । सेयर कर्जा पनि सस्तो छ । वित्तीय प्रणालीमा अधिक तरलताकै अवस्था रहेको छ । यी समग्र परिदृश्यका आधारमा बजारको दीर्घकालिन गति सकारात्मक हुन्छ ।’  

Advertisement

रोनियारका अनुसार आगामी आर्थिक वर्षको सुरुवातसम्म सेयर कर्जाको ब्याजदर पनि नबढ्ने र बैंकहरुले पनि सजिलै सेयर कर्जामा लगानी गर्ने भएका कारण पनि बजार घट्ने खालको कुनै पनि माहोल छैन् । बजारले नयाँ रेकर्ड कायम गर्दै जानसक्ने संभावना धेरै रहेको उनको विश्लेषण छ । 

सेयर बजार आइतबार अहिलेसम्म कै उच्च बिन्दुमा पुग्न सफल भएको छ । यसअघि २६४० दशमलव ३४ बिन्दुमा पुगेर केही करेक्सन भएको बजार परिसुचक नेप्से आज २५ दशमलव ७१ अंकले बढेर २६५७ दशमलव ६१ बिन्दुमा पुग्न सफल भएको छ । 
 

Advertisement

Advertisement